मधेश प्रदेश : किसानहरुलाई कृषि र माछा प्रशोधन सम्बन्धी तालिमको अवसर

जनकपुरधाम । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका तालिम केन्द्रहरुमा किसानहरुको लागी तालिम गराउने भएको छ ।

आउँदो जेष्ठ महिना मधेश प्रदेशका किसानहरुलाई लक्षित गर्दै विभिन्न क्षेत्रको तालिम प्रदान गरिने कृषिमन्त्री ई.बसन्त कुशवाहाले जानकारी दिए । उनले तालिममा सहभागी हुन चाहने किसानहरुले बैशाख २२ गते भित्र सम्पर्क गर्न आग्रह गरे ।

बिज्ञापन

यस तालिममा सहभागी हुने किसानहरुले ७०० रुपैयाँको दरले दैनिक भता र आउने जाने भाडा समेत पाउने जनाएका छन् ।

मन्त्री कुशवाहाका अनुसार, मधेश प्रदेशका किसानहरुलाई ७ दिने मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट, ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम, ७ दिने व्यवसायिक कुखुरा पालन तालिम दिने भएको छ । यी तीन वटै तालिम पशु सेवा तालीम केन्द्र जनकपुरमा हुने भएको छ ।

यस्तै, ७ दिने कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम कृषि प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र, नक्टाझिज, धनुषामा हुने जनाइएको छ ।

तालिमका लागी सम्बन्धित तालिम केन्द्र लगायत निम्न व्यक्तिलाई समेत सम्पर्क गर्न सकिने छ।

प्रमोद ईशर: +9779816339495
सचिवालय
भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम, धनुषा