अप्पन जनकपुर
जनकपुरधाम । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) ले पूर्वी धनुषामा संगठन निर्माण कार्य तीव्र पारेको छ ।
पूर्वी धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिका लगायतका स्थानीय तहहरुमा माओवादीको सँगठन निर्माण तीव्र पारिएको हो ।
माओवादीको पुरानो प्रतिष्ठा बनाउन जनतासँग माओवादीको कार्यक्रम प्रभावकारी गर्न लागिएको माओवादीका नेता उदय कुमार बरबरिया (यादव) ले बताए । उनले पूर्वी धनुषाको स्थानीयहरुको वस्ती वस्तीमा पुगेर माओवादीको एजेण्डा झल्काउँदै जनता जोडने कार्य गरिरहेको बताए ।
पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार धनुषा जिल्ला समितिले पूर्वी धनुषाको स्थानीय तहहरुमा जनतासँग माओवादी विशेष रुपमान्तर अभियान सफल पारिरहेको बताए ।
सो क्रममा कमला नगरपालिकाको विभिन्न वडा, जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडाहरुमा माओवादीका नेताहरुले कार्यक्रम गरी जनतालाई माओवादीसँग जोडने कार्यलाई तीव्रता दिएको हो ।