
वीरगन्ज २४ गतेसशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणमा तस्करीको मदिरा सहित गाडी नियन्त्रणमा लिएको हो।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका -१७ स्थित अलौ नाकाको दस गाँजा क्षेत्रबाट शनिबार राति १० बजे ९० कार्टुन कस्तुरी र ५ कार्टुन फाईटर ब्रान्डको मदिरा बोकेको टाटा सुमो पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम प्रहरी नायब उपरीक्षक बिकास अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर १० जे ८२०१लोड रहेको ९० कार्टुन कस्तुरी र ४ कार्टुन फाईग्टर ब्रान्डको मदिरा करिब १ लाख ३४ हजार रुपैया बराबरको बरामद गरि गाडी सहित आवशयक कार्यबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाउन तयारी भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।
			बिज्ञापन
			
			



                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          