वि.पि.स्मृती बहुप्राबिधिक शिक्षालय सपहीद्वारा रक्तदान, ८५ जनाले गरे रक्तदान

विपिन यादव
जनकपुरधाम । वि.पि.स्मृती बहुप्राबिधिक शिक्षालय लक्ष्मीनिया-४ सपहीको आयोजनमा बुधबार कलेजको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका रक्तसंचार केन्द्र जनकपुरका प्रमुखले बताए ।

डा. बिनोद कुमार यादवले रक्तदान गरी उद्घाटन गरेको रक्तदान कार्यक्रममा डा. बिनोद कुमार यादव बिभागिय प्रमुख (पशु बिज्ञान), सरोज मडल, बिभागिय प्रमुख (वाली बिज्ञान), ई अभिषेक सिंह बिभागिय प्रमुख (बिधुत), डा अमर कुमार महतो, सन्तोष यादव लगायतकाले रक्तदान गरेका थिए ।

बिज्ञापन

कलेज प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, किसान, शिक्षक, बिद्यार्थी लगायतका उपस्थिती रहेको थियो भने रक्त संचार केन्द्र जनकपुरका प्रमुख लगायतको प्राबिधिकहरुले सहयोग गरेको वि.पि.स्मृती बहुप्राबिधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलले बताए ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै यादवले धनुषामा रगतको अभाव भईरहेको बेला वि.पि.स्मृती बहुप्राबिधिक शिक्षालयले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपुर्ण साबित हुने बताए । पढाई संगै अतिरिक्त क्रियाकलापमा समेत वि.पि.स्मृती बहुप्राबिधिक शिक्षालय अबल रहेको चर्चा गर्दै अगामी दिनहरु पनि यस कलेजले समाजको हक हितको लागि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जाने आशा व्यक्त गर्नुभयो । यस्तो समाजिक गतिबिधीले बिद्यार्थीहरुमा नैतिकवान चरित्र संगै असल समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।