2025-05-15

Close

जनकपुरधाम । मधेश प्रदेशको नयाँ डिआईजी लालमणि आचार्यले कार्यभार सम्हाले लगत्तै मातहतका प्रहरी निकायलाई सीमा नाकाबाट हुने तस्करी रोक्न निर्देशन दिएका छन् ।

कार्यभार सम्हालेपछि डिआईजी आचार्यले मधेश प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रहरी, ईलाका प्रहरी, प्रहरीचौकीहरुलाई सीमाबाट हुने तस्करीलाई रोक्नको लागि निर्देशन दिँदै कनेक्सन भएको पाईएमा तुरुन्त कारवाही गर्ने जनाएका छन् ।

डिआईजी आचार्यले नेपाल–भारतको सीमा नाकाबाट हुने् तस्करीमा कुनै प्रहरीको संलग्नताको प्रमाण भेटिए तुरुन्त कारवाही गर्ने जनाएका छन् । धनुषासहित अन्य जिल्लाहरुमा पर्ने सीमानाकाबाट नेपाल प्रहरीकै मिलोमत्तोमा तस्करी भईरहेको जनगुनासो बढीरहँदा एक जिज्ञासामा डिआईजी आचार्यले एउटा मात्र प्रमाण भेटिए तुरुन्त कारवाही गर्ने बताएका छन् ।

उनले सीमा नाकाबाट हुने तस्करीको समानको प्रमाण जसको ईलाका, कार्यक्षेत्रबाट फेला पर्छ त्यहाँको ईन्चार्जलाई त्यतिबेला कारवाहीको लागि बोलाइने बताए । उनले कनिष्ठ कर्मचारीभन्दा पनि ईन्चार्जलाई कारवाही गर्ने बताएका छन् ।

उनले भने–“खुल्ला सीमा नाकाको कारण तस्करी भईरहन्छन् । यसको लागि मैले आफ्नो मातहतका प्रहरी निकाय र अधिकारीलाई रोक्नको लागि निर्देशन दिसकेको छु । तस्करी भईरहेको भिडियो, तस्विर वा अन्य केही प्रमाण प्राप्त भए त्यहाँको ईन्चार्जलाई कारवाही हुन्छ । छानबिन सुरु हुन्छ, छानबिनमा जो जो प्रहरी अधिकारीको कनेक्सन हुन्छ त्यो सबै जान्छ, यसमा ढुक्क हुनुस् ।”

वि.सं. २०७४ सालमा जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी (प्रहरी उपरीक्षक) भएर बसेका डिआईजी आचार्यले यहाँको सीमा तस्करी र प्रहरीको कनेक्सनबारे जानकार छन् । प्रहरी प्रमुखको भूमिकामा हुँदा जिल्ला प्रहरीबाट हुने कार्य सम्पादनमा उत्तम भूमिका निभाएका एसपीको रुपमा परिचित थिए । डिआईजीमा बढुवा भएपछि आचार्य मधेश प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर