2024-09-07

Close

वीरगञ्ज २५ सावन

पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा ईलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको छ।शुक्रबार दिउसो वीरगन्ज महानगपालिका वडा नम्बर ६  रेल्वेरोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी ७६ कार्टुनमा  १५ हजार पिस प्रहरीले भेप नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंजबाट अन्दाजी करिव चार कारेड मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले जनाएकाछन । उपरिक्षक ढुंगेलका अनुसार भंसारबाट ४ वटा भेप फेला परेपछि प्रहरी खोजवीनमा लागेको थियो । खोजवीनका क्रममा डाफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको राखिएको अवस्थामा भेप बरामद भएको उनले बताएकाछन् । पर्सा प्रहरीले पहिलोपटक बीरगन्जबाट यतिको ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) नियन्त्रणमा लिएको हो।एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ भने ७६ कार्टुनमा करिब १५ हजार २ सय पीस रहेको छ । बरामद भेपको बजार मूल्य करिब अन्दाजी ४ करोड रुपियाँ बराबरको हाराहारीमा रहेको पर्सा प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर