जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत कर्मचारी भन्दै सर्वसाधारणलाई धम्की दिने गरेको आरोपमा यदुकुहाबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–५ कालीपुर बस्ने गोपाल मण्डलको छोरा ३३ वर्षीय रामभजन मण्डल छन् । उनलाई प्रहरीले यदुकुहाबाट पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए । मण्डलमाथि अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय यदुकुहाका इन्स्पेक्टर ओम प्रकाश यादवले बताए ।
उनले प्रहरी समेतलाई झुक्याई विभिन्न किसिमको लाभ लिने गरेको खुलेको छ । मण्डलले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका थिए ।