2024-05-23

Close

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एक छात्रामाथि आक्रमण भएको भनिएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मध्यान्न १२ बजे गोली लागेर अस्पताल भर्ना भएको भन्ने खबर पाएलगतै प्रहरी आक्रमणकारीको खोजीमा लागेको हो ।

आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उनी परीक्षा दिएर फर्किरहेकी थिइन् ।

सूचना पाएपछि अस्पताल गएर हेर्दा अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको देखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनको शरीरका दुई ठाउँमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।

उनले भने, ‘आक्रमणकारीको खोजी भइरहेको छ । नाका सिल गरेर खोजी जारी छ ।’

सिरहाका अमित कुमार यादवले बाटो ढुकेर गोली हानेको बताइएको छ । उनी फरार छन् । गोली हान्नुको कारण खुलिसकेको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds