वीरगन्ज।सशस्त्र प्रहरी बल नेपाल पर्साले मदिरा सहित मोटरसाइकल पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले अमरपर्टीको दशगजा क्षेत्रबाट नेपालबाट भारत तर्फ जाँदै गरेको मदिरा सहित मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका मदिरा १ लाख ३० हजार बराबरको अवैध मदिरा र मोटरसाइकल बरामद गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो ।