2024-04-26

Close

जनकपुरधाम २१ कार्तिक ,साविकको अञ्चल अस्पताल एवं हालको प्रादेशिक अस्पताल जनकपुरमा बिचौलियाको काम गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रादेशिक अस्पाल जनकपुरको OPD सेवामा उपचारका लागि आउने बिरामीहरु तथा बिरामिका आफ्नतहरुलाई फकाइ अन्यन्त्र निजी किलिनिकमा उपचारार्थ लैजाने गरेको गोप्य सूचनाको आधारमा बुधबार २ दलाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ८ वस्ने वर्ष २५ को मन्नु सिंह भन्ने निर्मल साह र वर्ष ४० को राजेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रादेशिक अस्पताल जनकपुरमा दलाली बढेको छ । त्यहाँ उपचार गराउन आएका सर्वसाधारणलाई फकाएर, डराएर केही डाक्टर, नर्स लगायत दलालहरुले निजी क्लिनिकमा लगि कमिसन खाने धन्दा गर्ने गरेका छन् । सरकारी अस्पतालमा कम पैसामै उपचार हुने तर निजीमा लगेर जथाभावी शुल्क जोडेर सर्वसाधारणलाई लुट्ने काम भइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds