2025-05-04

Close

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले अनिर्वाचित तथा वंश परम्परामा आधारित व्यवस्था कहिल्यै स्वीकार नगर्ने स्पष्ट गर्नुभएको छ ।

धनुषामा आजदेखि सुरु भएको नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले पूर्व राजा सामान्य नागरिक भएकोले संविधानअनुसार निर्वाचनमा भाग लिएर सत्तामा आए मात्र एमालेले स्वीकार गर्ने, अन्यथा स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले पञ्चायतकालमा जम्मा २५ हजार किलोमिटर मात्र कालोपत्रे सडक रहेको स्मरण गराउँदै हाल सो संख्या १ लाख १० हजार किलोमिटर पुगेको, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता विकासलाई लिएर भ्रममा परेका जनतालाई तथ्यमा आधारित जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रजातन्त्र र गणतन्त्रको अभ्याससँगै नेपालको समग्र विकासमा तीव्र गति आएको दाबी गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र गरिबी निवारणमा उल्लेखनीय सुधार भएको बताउनुभयो ।

मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले प्रदेशको समृद्धिका लागि सुनकोशी कमला डाइभर्सन आयोजना निर्माण र चुरे क्षेत्रको संरक्षणका विषयमा प्रधानमन्त्रीलाई मागपत्र बुझाइएको जानकारी दिनुभयो ।

जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य जुली कुमारी महतोले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा एमालेले नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरिया, हरिनारायण महतोलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन गरिनेछ । अधिवेशनमा ३५० जना प्रतिनिधिहरू सहभागी छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर