2025-05-05

Close

विपिन यादव                                                           जनकपुरधाम । नेपाल प्रहरीका ७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरुको काज सरुवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।

सोही क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल काठमाडौंमा कार्यरत डिआईजी उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम काज सरुवा गरिएको छ । यसअघि उमाप्रसाद चतुर्वेदी सिरहाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) बनेर गइसकेका छन् । उनी मधेश प्रदेशको राजनीति, भूपरिवेश, त्यहाँ भए गरेका घटना तथा प्रदेशबारे राम्रो जानकार भएकाले उनलाई यहाँ सरुवा गरिएको बताइएको छ ।

​मधेश प्रदेशमा होस् वा सीआईबीमा उनले आफ्नो कार्यकालमा एउटा कुशल नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि डीआईजी​ उमाप्रसाद चतुर्वेदीलाई मधेश प्रदेशमा सरुवा गर्दा प्रदेशमा हाल भड्केको द्वन्द्व अन्त्य भई शान्ति सुरक्षा कायम हुने आशा गरेर त्यहाँ पठाइएको अड्कल लगाउन सकिन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर