2024-12-02

Close

जनकपुरधाम,१२ मंसिर ।राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले समाजवादी पार्टीले सरकार नछाडेका कारण एकीकरण हुन नसक्ने बताइरहँदा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा रहेपछि एकतालाई बाधक भन्नु गलत रहेको बताएका छन् ।

महोत्तरीको पिपरामा चुनावी सभालाई सम्बोधन गर्न काठमाडौंबाट आएका उप प्रधान एवं कानुन मन्त्री समेत रहेका उनले जनकपुरधाममा केहि पत्रकारसँग कुरा गर्दै सरकारमा रहेकै कारण एकता बाधक बन्न नसक्ने बताए ।

 

‘कुनै पार्टी सरकारमा छ, कुनै सरकारबाहिर छ । तर यस्तो त छैन कि जो सरकारमा नगएको होस्’ उनले भने, “सरकारमा रहेको अवस्थामा एकतालाई बाधक मान्नु नै गलत हो ।”

‘पहिला पार्टी एकीकरण होस् त्यसपछि हामी सरकारमा बस्ने कि बाहिर जाने निर्णय गरौं’ उनले भने, “पार्टी एकीकृत भएपछि न यस्तो निर्णय गर्ने अहिले कसरी गर्न सकिन्छ ?”

अलग अलग पार्टीको निर्णय अलग अलग हुने भएकाले त्यहीं अनुरुप अहिले भइरहेको उनले बताए । समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिए रौतहटको गौर घट्नालाई जोडेर पार्टीका केन्द्रीय कमिटि अध्यक्ष उपेन्द्र यादवलाई जेल हाल्ने चर्चाको स्वयं अध्यक्ष यादवले खण्डन गरेका छन् ।

समाजवादीले सरकार छाडे तत्कालै रौतहटको गौर घट्नालाई उचालेर उपेन्द्र यादवलाई जेल समेत पठाउन सकिने चर्चाप्रति अध्यक्ष यादव भन्छन्, “गौर घट्नाको धम्की देखाइरहेको छ ।”

रौतहट हत्याकाण्डको कुरा उठाए अन्य घट्नाकाण्डहरु पनि बाहिर आउने बताए । ‘रौतहट हत्याकाण्डको कुरा उठाए सप्तरी हत्याकाण्ड कहाँ जान्छ ?, झापा हत्याकाण्ड कहाँ जान्छ ?, चितवनको माडीमा भएको घटना कहाँ जान्छ ? त्यत्रो ठूलो ठूलो जनयुद्व भयो त्यो कहाँ जान्छ ?’ उनले भने, “ एउटा कुरालाई मात्रै लिएर चल्न सकिदैन् । समष्टिगत रुपमा सबै कुरालाई लिएर चल्नुपर्छ ।”

गौरको धम्की देखाएर मधेशलाई दबाउन नसकिने उनले बताए । ‘अहिले राष्ट्रिय एकताबिरुद्व षडयन्त्र गर्नेहरुले यस्तो कुरा गरिहेका छन्’ उनले भने ।

आफू कानून मन्त्रालयमा आएपछि संविधान संशोधनको प्रकृया अगाडि बढ्ने उनले बताए । ‘संविधान संशोधन जरुरी छ । संविधानमा कमी कमजोरी छ । संविधान संशोधन बिना यो गतिशिल हुन सक्दैन’ उनले भने, “आउने समयमा गतिशिल दिनलाई संविधान संशोधन गर्नु जरुरी छ ।”

संविधान घोषणा हुनुअघि आफूहरुले यो कुरा सडकमा राखेको बताउँदै उनले घोषणा गर्नेहरुले पनि घोषणा गरौं र पछि संशोधन गरेर सच्चयाउने बताएकाले उनीहरुले भने जस्तै संशोधन गर्ने समय अहिले आइसकेको बताए ।

उनले संशोधन प्रकृया चाँडै अगाडि बढ्ने र यहीं सरकारले संशोधन गर्ने समेत बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर