2024-04-26

Close

अप्पन समाचार जनकपुरधाम, ४ माघ । सिरहामा डिजे साउण्ड सिस्टमु लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ट्याक्टरमा सवारमध्ये पाँचजना घाइते पनि भएका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका ७ चोहर्वा चोकनजिकै स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा लहान नगरपालिका १३ का २१ वर्षीय सन्तोष कुमार यादव र सिरहाकै धनगढी नगरपालिका १२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको गोलबजार प्रहरीले जनाएको छ ।

ट्याक्टरमा १३ जना सवार थिए । तीमध्ये पाँचजना घाइते पनि भएका छन्। उनीहरूको उपचारका लागि लहान लगिएको छ । बाख्रालाई जोगाउन खोज्दा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । उनका अनुसार घाइतेहरू खतरामुक्त रहेको बुझिएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रहरीले रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । दुर्घटना भएको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds