अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा हालै सम्पन्न कांग्रेस पार्टीको कार्यक्रममा खजुरी निमावि विद्यालयकी शिक्षिका नमिता सहगल कार्कीको उपस्थिति देखिएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
उक्त कार्यक्रम कांग्रेस पार्टीका वडा सचिव बिंदे साहको संलग्नतामा आयोजना गरिएको थियो । यतिबेला गाउँपालिकाका अध्यक्षको आधिकारिक फेसबुक पेजबाट साहको जसपा प्रवेशसम्बन्धी तस्बिर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा खलबली मच्चिएको थियो ।
तर, सो विवादपछी वडा सचिव बिंदे साहसहित कांग्रेसका केही नेताहरूले सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै आफू जसपा पार्टीमा प्रवेश नगरेको र उक्त हल्ला निराधार अफवाह मात्र भएको स्पष्ट पारेका छन् ।
भिडियोमा सहभागी व्यक्तिहरूमध्ये शिक्षिका नमिता सहगल कार्कीलाई पनि देखिएको हो, जसले राजनीतिक पार्टीको कार्यक्रममा सरकारी सेवा आचरणसम्बन्धी प्रश्न खडा गरेको छ । यस विषयमा स्थानीय तहका शिक्षक तथा शिक्षा प्रशासनसमेत सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ ।