2024-04-19

Close

अप्पन समाचार,जनकपुरधाम १७ माघ । सिन्धुली  बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाँखर्कनजिकै शुक्रबार स्कारपियो गाडी दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी सप्तरी जिल्लाको कन्चनरूप नगरपालिकामा सहलेखापाल पदमा कार्यरत कन्चनरूप नगरपालिका-६ का ३३ वर्षीया सूर्यन्द्र नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पूर्वबाट काठमाडौं जादै गरेको स.१च १००९ नम्बरको स्कार्पियो दुर्घटना हुदाँ चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

दुर्घटना परी सप्तरी जिल्लाको कन्चनरूप नगरपालिका-६ कै ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका हुन्। उनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागी काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए।

चालकले बाटोमा मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले आफैँ अनियन्त्रीत भई गाडी सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। थाहा खवर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds