
जनकपुरधाम । नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दामा एमाले नेता शिवशंकर साह हिरा पक्राउ परेका छन् । मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ ।
विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ । सोही मुद्दामा हिराका भाई मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका थिए ।
बिज्ञापन




हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम मेयरको उम्मेदवार थिए । उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत छन् । यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामा समेत पक्राउ परेका छन् ।

बालिका अहिले सेफ हाउसमा बसिरहेका छन् । उनले दिएको जाहेरीको आधारमा थप अनुसन्धान भइरहेको छ ।
