2025-05-17

Close

जनकपुरधाम । समाजिक संजाल टिकटकमा छाडापन गतिविधि गर्ने धनुषाका एक टिकटोकरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषाको गणेशमानचारनाथ नगरपालिकाको चितहा-लपटोली बस्ने स्थानीय अमित यादवलाई पक्राउ गरिएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ चितहा-लवटोली बस्ने स्थानीय दिनेश यादवको छोरा बर्ष २६ को अमित कुमार यादवलाई सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरबाट पक्राउ गरिएको हो ।

यादवले टिकटक जस्ता समाजिक संजालमा गैर समाजिक कार्य गरेको, अश्लिल तथा अभद्र गालीगलौजहरु गरिएको कुरालाई भिडियो प्रमाणसहित जिल्ला प्रहरी कार्यालय धनुषा जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएपछि उनलाई पक्राउ गर्न एक्सन लिएको थियो ।

टिकटकमा “न्यू स्टार” नाम राखेका दिनेश यादवका छोरा अमित यादवले पछिल्लो समय गालीगलौज, अभद्र भाषा प्रयोग तथा महिलाहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने गरेका छन् ।

प्रत्यक्ष प्रसारण (लाइभ) तथा भिडियोहरूमा निरन्तर नकारात्मक र आपत्तिजनक सामग्री प्रस्तुत गर्दै आएका कारण धेरै प्रयोगकर्ताहरूले उनको कडा आलोचना गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले टिकटोकर अमित यादवसँगै लाईभमा अश्लिल कुराकानी, हकर्त गर्ने अन्य महिला टिकटोकरलाई समेत पक्राउ गर्ने तयारी गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर