2024-04-26

Close

अप्पन समाचार जनकपुरधाम, माघ ४ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ ।
प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश नं. २का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरि सकेको छ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।
तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखी प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds