जनकपुरधाम । धनुषामा जारी ट्राफिक सप्ताह २०८२ को छैठौं दिन आज निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरी विशेष रूपमा मनाइएको छ ।
मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको आयोजना र प्रदेशिक अस्पताल जनकपुरधामको सहकार्यमा ट्राफिक प्रहरी र सवारी साधन चालकहरूका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम अन्तर्गत आँखा परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, तथा अन्य सामान्य स्वास्थ्य परीक्षणहरू गरिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख इस्पेक्टर सूर्यबहादुर शाहीका अनुसार यो कार्यक्रमले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सडक अनुशासन कायम गरी दुर्घटना न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हो प्रमुख शाहीले बताए ।
ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, ट्राफिक नियमसम्बन्धी जानकारीमूलक प्रशिक्षण, हेल्मेट तथा सिटबेल्ट प्रयोगको आवश्यकता लगायतका विषयमा जागरूकता फैलाउने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन ।