काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ ।
एसपी खडिवडाले खटाएका एक वरिष्ठ सईले चार लाख रुपैयाँ घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ ।
एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत घुस लिएको प्रारम्भिक छानबिनमा खुलेको छ । पटक–पटक गरेर १० लाख रुपैयाँ लिइएको पीडितको दाबी छ ।
घटनाको विषयमा छानबिन गर्न एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको छ । सप्तरीमा एसपी गौतम केसीलाई खटाइएको छ ।