2025-07-05

Close

जनकपुरधाम । धनुषाका चर्चित कलाकार अभिनास झा ’कलकतियावाली’ की पत्नी अन्सा सदा रहस्यमय अवस्थामा मृत फेला परेपछि घटनालाई गम्भीरतापूर्वक लिई धनुषा प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।

असार १० गते आफ्नै घर नोचपुरस्थित सुटिङ स्थलमा झुण्डिएको अवस्थामा फेला परेकी अन्साको मृत्युपछि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको हो ।

धनुषा प्रहरी प्रमुख एसपी नरहरी रेग्मीले घटनाको संवेदनशीलता उच्च रहेको भन्दै यसलाई तथ्य–परक ढंगले अनुसन्धान गरिरहेको बताए । ‘अहिलेसम्म मृत्युको कारण निश्चित छैन,’ रेग्मीले भने, ‘हामी कुनै पनि सम्भावना नछाडिकन सम्पूर्ण पक्ष समेटेर अनुसन्धान अघि बढाइरहेका छौं ।’

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको परीक्षण, डिजिटल प्रमाण संकलन, मोबाइल डाटाको विश्लेषण र प्रत्यक्षदर्शीको बयानमा ध्यान केन्द्रित गरिएको छ । यद्यपि, अन्साको मृत्यु आत्महत्या हो वा कुनै योजनाबद्ध कारण रहेको भन्ने विषयमा अझै स्पष्टता आउन बाँकी छ ।

प्रहरीले घटनासँग सम्बन्धित पारिवारिक पृष्ठभूमि, छिमेकीहरूको भनाइ तथा कलाकार अभिनास झासँगको सम्बन्धका पक्षमा समेत अनुसन्धान विस्तार गर्ने तयारी गरेको छ । प्रारम्भिक अनुसन्धानबाट केही महत्वपूर्ण तथ्यहरू बाहिर आएमा घटनाले नयाँ मोड लिन सक्ने अनुमान गरिँदैछ ।

स्थानीयस्तरमा निकै चासोको विषय बनेको यो घटनालाई धनुषा प्रहरीले उच्च प्राथमिकतामा राख्दै निष्पक्ष र वैज्ञानिक ढंगबाट सत्य उजागर गर्ने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर