जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ९ कुशमाहा सत्तोषरस्थित ६ बर्षिय बालिकालाई बलात्कार पश्चात हत्या गरी फालिएको अवस्थामा पोखरीमा लास फेला परेको हो ।
कुशमाहा सतोखर बस्ने स्थानीय एक बालिकालाई जवर्जस्ती करणी गरि घाँटी थिचेर मारेको अवस्थामा धनुषा प्रहरीले शव बरामद गरेको हो ।
बुधबार रातिदेखी नै हराइरहेकी उक्त बालिकालाई खोजबिन गर्दै गर्दा गाउँ भन्दा ५०० मिटर पश्चिम दुरिमा रहेको एक पोखरीबाट प्रहरीले बिहिबार राती ८ बजे शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषा डिएसपी एवं प्रबक्ता रन्जन अवाले जानकारी दिए ।
बालिकालाई खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा ईलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षक चन्दकिशोर साहले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।
घटनाबारे अनुसन्धान गर्दै जादा अनुसन्धानको क्रममा घटनामा संलग्न त्यही ठाउको अन्दाजि बर्ष २५ र ३६ को दुई युवकले जवरजस्ती करणी पछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो । घटनामा संलग्न दुबैलाई हिरासतमा लिइएको हो ।
उनिहरुमाथी जवरजस्ती करणी तथा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।