2025-07-05

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ अन्तर्गत उद्घाटन खेलमा वडा नम्बर ५ र ६ विजयी भएका छन् ।

पहिलो खेलमा कमला नगरपालिका–२ र वडा नम्बर ६ भिडेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर २ को टोली एक ओभर बाँकी रहँदै अलआउट भयो । उसले विपक्षी टोलीलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ६ ले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १० ओभरमै लक्ष्य भेट्टाउँदै सहज जित दर्ता गर्‍यो ।

त्यसपछि भएको दोस्रो खेलमा वडा नम्बर ५ विजयी बन्यो । वडा नम्बर ३ सँगको खेलमा उसले बलियो प्रदर्शन गर्दै प्रतियोगिता आफ्नो पक्षमा पार्‍यो ।

कमला युवा सञ्जालको आयोजनामा जारी लिग प्रतियोगिता साउन २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको दोस्रो दिन आज वडा नम्बर १ र वडा नम्बर ७ तथा वडा नम्बर ४ र वडा नम्बर ८ बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता स्थलमा खेलाडीहरूका लागि खानपान, राम्रो अम्पायरिङ, कमेन्ट्री र मैदान व्यवस्थापनको विशेष ख्याल राखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर