धनुषामा ओभरलोड ग्राभेल बोकेको टिपर पल्टियो

जनकपुरधाम । धनुषाको बिरेन्द्रबजार–यदुकुहा–तिनकौरिया–महिनाथपुर सडकखण्डमा एक ओभरलोड टिपर दुर्घटना भएको छ ।

बुधबार शहिदनगर नगरपालिका–६ स्थित हठिपुरको सल्हेश चौकमा ग्राभेल बोकेको प्रदेश २–०१–००१ ख ०१९३ नम्बरको टिपर सडकको छेउमै पल्टिएको हो ।

बिज्ञापन

स्थानीयका अनुसार बिरेन्द्रबजारबाट तिनकौरियातर्फ जाँदै गरेको टिपर ओभरलोड ग्राभेल बोकेको कारण अनियन्त्रित भई पल्टिएको जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुग्दासम्म उक्त टिपर चालक टोली सहित गइसकेको र टिपर कसको भन्ने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको यदुकुहा प्रहरीले जनाएको छ ।