मनोसामाजिक तथा सामाजिक भावनात्मक सीप सिकाइ सम्बन्धी पाँच दिने तालिम सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरुलाई ५ दिने ‘आधारभूत मनोसामाजिक सहयोग तथा सामाजिक भावनात्मक सीप सिकाइ’ सम्बन्धी तालिम सम्पन्न भएको छ । समुन्नत नेपालको आयोजनामा भएको तालिममा मधेश प्रदेशका चार जिल्ला धनुषा, महोत्तरी, सिरहा र सप्तरीका २२ जना सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरु सहभागि थिए ।
मंसीर १९ गतेदेखि २३ गतेसम्म महोत्तरीको बर्दिवासमा चलेको तालिमको आयोजना समुन्नत नेपालले गरेको थियो भने शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशले समन्वय गरेको थियो । तालिमको सहजीकरण टिपीओ नेपाल तथा समुन्नत नेपालका सहजकर्ताहरुले गरेका थिए ।
तालिमको उद्घाट्न शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका वरिष्ठ शाखा अधिकृत लक्ष्मण रामले गरेका थिए । तालिमको उद्घाट्न गर्दै अधिकृत रामले अहिलेको युगमा प्रत्येक व्यक्तिलाई मनोपरामर्शको खाँचो रहेको अवस्थामा विद्यालय बाहिर रहेका बालबालिका तथा किशोर किशोरीहरुलाई वैकल्पिक सिकाइ मार्फत सिकाइ क्रियाकलाप सञ्चालन गर्ने सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरुका लागि यस्ता किसिमको तालिम अत्यन्त सान्दर्भिक रहेको बताए । यस्तो प्रकारको तालिम मधेश प्रदेशमा आयोजना गरेकोमा समुन्नत नेपाललाइ धन्यवाद दिदै अधिकृत रामले यस किसिमको तालिमले सकारात्मक उर्जा तथा परिवर्तन ल्याउन सहयोग पु¥याउने बताए ।
पाँच दिनसम्म चलेको तालिममा प्रशिक्षकको रुपमा तालिमको सहजीकरण टिपीओ नेपालका प्रेमनाथ भट्टराइ, रस्मिता श्रेष्ठ तथा समुन्नत नेपालका राम एकवाल महराले गरेका थिए ।
चार जिल्लाका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरु सहभागि रहेको तालिममा मनोसामाजिक सहयोगका आधारभूत सिद्धान्त, सामाजिक-भावनात्मक सीप, समुदायमा सुरक्षित वातावरण निर्माणका रणनीतिलगायतका विषयमा अभ्यास र समूह कार्यमार्फत सीप र ज्ञान हासिल गरेका थिए ।
युनिसेफको सहयोगमा समुन्न नेपालले मधेशल प्रदेशको १ सय ३६ वटा स्थानीय तहमा रहेको २ सय ९५ वटा सामुदायिक सिकाइ केन्द्र र लुम्बिनी प्रदेशका १ सय ९ वटा स्थानीय तहमा रहेको ३ सय ३३ वटा सामुदायिक सिकाइ केन्द्रहरुलाई संस्थागत सशक्तिकरणमा निरन्तर काम गरिरहेको संस्थाले जनाएको छ ।
विद्यालय बाहिर रहेका बालबालिका तथा किशोरकिशोरीलाई वैकल्पिक शैक्षिक कार्यक्रम र सचेतना गतिविधि मार्फत सिकाइमा पुनः जोड्ने उद्देश्यका साथ तीनै तहका सरकारसँग लागत साझेदारीमा सहजीकरण तथा पैरवी गर्दै आएको समुन्नत नेपालका राम एकवाल महराले बताए ।
तालिममा सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरुको सक्रिय सहभागिता रहेको थियो भने उद्घाट्न सत्रमा शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत दिलीप मुखिया तथा समुन्नत नेपालकी मेनुका पौडेल र स्वस्तिका बाँनियाको समेत उपस्थिति थियो ।
तालिममा सहभागि सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरुले तालिमबाट कार्यक्षेत्र फर्केपछि आफ्नो सेवा क्षेत्रमा प्रत्येकले कम्तीमा १९ वटा सेसन चलाउने योजना रहेको समुन्नत नेपालले जनाएको छ ।

बिज्ञापन