सफल महिला साना किसान कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

नरेशचन्द्र बरबरिया
सिरहा । सफल महिला साना किसान कृषि सहकारी संस्था लि. बेल्हाको ९ औँ वार्षिक साधारणसभा सफलता पुर्वक सम्पन्न गरेको छ । श्री विष्णु चरण श्रेष्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कल्याणपुर नगरपालिकाकी कार्यवाहक नगर-प्रमुख रेखा यादवले सहकारीको भूमिका केवल आर्थिक लेनदेनमा सीमित नभई महिलाको सशक्तीकरण र आत्मनिर्भरताको आधार बनेको बताइन् । उहाँले सहकारी मार्फत महिलाले आर्थिक पहुँच सँगै ज्ञान, सीप र लगानीको अवसर पाउँदै आएको उल्लेख गर्दै संस्थाको कार्यप्रति प्रशंसा व्यक्तको साथै सफलताको कामना सहित शुभकामना व्यक्त गरिन् ।
साधारणसभामा सहकारीकी प्रबन्धक निर्मला कुमारी सिंहले संस्थाको वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै कार्यक्रममा वित्तीय प्रगति, हालसम्म हासिल उपलब्धि तथा आगामी योजना बारेमा समेत प्रकाश् पारिन् ।
कार्यक्रम सफल महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष जहरुन खातुनको अध्यक्षतामा भएको सभामा बिशिस्ट अतिथि कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र महासेठ, सारस्वरनाथ साना किसानका प्रबन्धक रामचन्द्र यादव, सिटिजन लाईफ ईन्सुरेन्सका शाखा प्रमुख धर्मदेव दास, रामदेव साह, शिवराम यादव, विजय नन्दन महतो लगायतका विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

बिज्ञापन