जनकपुर मालपोत कार्यालयबाट पाँच जना बिचौलिया पक्राउ

जनकपुरधाम । जनकपुर मालपोत कार्यालयबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भूमि सुधार तथा मालपोत कार्यालय धनुषाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा नविनकुमार, जनकनन्दिनी गाउँपालिका–४ का ५३ वर्षीय राम बिनोद साह र महोत्तरी पिपरा गाउँपालिका स्थायी घर भई हाल जनकपुर उपमहानगरपालिका–१३ बस्दै आएका ४० वर्षीय बिराजी यादव रहेका छन् ।

बिज्ञापन

यस्तै, सबैला नगरपालिका वडा नं. ११ का ४४ वर्षीय जय गोविन्द यादव र जनकपुर उपमहानगरपालिका–२ कदमचोकका ३० वर्षीय ज्ञानदेव साहलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।