2024-05-07

Close

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् । पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ । नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ ।

यी चार नेताले मन्त्रीबाट पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका छैनन् । पार्टीका विभिन्न बैठकमा समेत जान छोडेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच दलीय गठबन्धन कायम राख्ने आगामी संसद्को निर्वाचनमा यही गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि कम्युनिष्ट नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।

आजमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो । अहिले केही बेरमा प्रचण्ड र बाबुरामसँगै वामदेव गौतम, माधव नेपाल र झलनाथ खनालबीच पनि भेटवार्ता हुँदैछ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालको पछिल्लो सक्रियताबाट झाँक्रीसहितका चार नेता असन्तुष्ट थिए । उनीहरु एमालेका केही नेतासँग नियमित सम्पर्कमा छन् । आगामी चुनावअघि नै उनीहरु एमालेमा प्रवेश गर्नेगरि छलफल बढेको जनाईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds