2024-04-30

Close

जनकपुरधाम,२७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र अमेरिकी राजदूत रैण्डि वेरी विच मंगलवार भेटवार्ता भएको छ । स्थानीय तह गठन पछि यहाँ भएको विकास निर्माण लगायत शान्ति सुरक्षा, पर्यटन लगायतको विषयमा छलफल भएको हो ।

मंगलवार विहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा जनकपुरधामको विकासको राजदुत बेरीले प्रसंसा गरेका थिए । उनले भने जनकपुरको वारेमा जसरी बाहिर कुरा हुन्छ बास्तवमा त्यस्तो छैन्, यहाँ पर्यटकको सम्भावना अत्यधिक रहेको छ ।

उनले जनकपुरधामको विकासकोलागि अमेरिकी सरकार तत्पर रहेको बताउँदै निकट भविष्यमा अमेरिकी सरकारले जनकपुरधामको विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले यहाँ पर्यटक कसरी भित्र्याउन सकिन्छ त्यस विषयमा खाका तयार गर्न जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहलाई आग्रह गरेका थिए ।

उनले विकास निर्माण देखि लिएर पर्यटनको सम्भावना अत्यधिक रहेको जनकपुरधामलाई हरेक दृष्टिकोणले अमेरीकि सरकार सहयोग गर्न तयार रहेको बताएका थिए । उनले जनकपुरधाममा स्टार होटलहरु कसरी संचालन गर्न सकिन्छ त्यस विषयमा होटल व्यवसायीहरु संग छलफल गरेर यहाँ स्टार होटलहरु पनि सञ्चालन तिर ध्यान दिन मेयर साहलाई आग्रह गरेका थिए ।

राजदुत वेरीले मेयर साहसंग संघियता, धर्मनिरपेक्षता, पर्यटनलागयतका विषयमा छलफल गरेका थिए । मेयर साहले संक्रमणकालमा संघीयता रहेको वताउँदै उनले अहिले हामी संघीयताको अभ्यासमा रहेको बताएका थिए ।

उनले संघीयता आएपनि यहाँ हुनु पर्ने भौतिक पूर्वाधार देखि लिएर कर्मचारी सम्मको समस्या भएपनि हामी अभ्यासमा रहेकाले नआतेको र रहेको जनशक्तिलाई कसरी सदुपयोग गर्न सक्छौ भने अभ्यासमै रहेको बताएका थिए । उनले युवा शक्तिको विकासमा अमेरिकी सरकार कसरी सहयोग गर्न सक्छ तथा अमेरिकामा युथ लिडर शिप हुने कार्यक्रममा जनकपुरधामका युवाहरुलाई पनि सहभागी गराउन आग्रह गरेका थिए ।

उनले अमेरिकामा आफु मिथिला दिवस मनाउन योजना बनाएको र यसमा अमेरिकी सरकारको सहयोगको अपेक्षा गरेको बताएका थिए । कार्यक्रममा सुमित सविता शेखरले खिचेको तस्विर मायाको चिनोको रुपमा प्रदान गरिएको थियो । कार्यक्रममा उपमेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds