2024-04-19

Close

गणेश कुमार कुशवाहा धनुषा  । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेश कुमार यादवको घरमा अपरिचिति व्यक्तिले पुस २० गते आगजनी भएको छ । आगजनीबाट काठ र माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित पत्रकार यादवले बताएका छन् ।

पत्रकार यादव आफु पुस १९ गतेदेखि आमा विरामि भएर जनकपुरमा उपचार गराई रहेको थिएँ, आमालाइ थप उपचारको लागि चितवन लैजाने तयारीमा रहेको वेला विहान बिहानै घरमा आगजनी भएको खबर पाऐ।

आगजनीको क्रममा शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, सहित दराज, सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत करिव १४/१५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार यादवले बताएका छन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाइ जानकारी गराएको र प्रहरीको टोली घटना स्थलमा आएर मुचुल्का गरेको स्थानिय समाजसेवी मिथिला साहले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds