विपिन कुमार यादव ,जनकपुरधाम : कोरोना पीडितका लागि प्रदेश सरकारले उपलब्ध गराएको दोस्रो चरणको राहत औरही गाउँपालिका वडा ६ ले हालसम्म वितरण नगरेको रहस्य खुलेको छ । जनता समाजवादी पार्टी औरही गाउँपालिका अध्यक्ष कमलदेव मण्डल,समाजसेवी सरोज कुमार मण्डलको बिशेष पहलमा तथा औरही गाउँपालिका वडा नं.६ जनता समाजवादीका युवा नेता कलाम मंसुरको संयोजकतामा उपस्थित भइ वडा नम्बर ६ का अध्यक्षसँग आइतबार सूचना मागेपछि यस्तो रहस्य खुलेको हो । हालसम्म राहत किन वितरण नगरेको भन्दै वडाध्यक्षसँग जवाफ माग गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ को बजेट नल्याएर वडामा विकासे कामकाज ठप्प पारेकोमा जसपाले आपत्ति जनाएको छ । जसपाको नेता एवं समाजसेवी सरोज कुमार मण्डल,रिता देवी महतो ,शिवानन्द पाण्डे ,मोस्तकिम मंसुर,शत्रुधन सश,बिमला देवी ,जय प्रकाश मण्डल ,राज किशोर सहनी ,सुबोध सहनी ,फुलगेन सहनी रोशन साह लगायतको उपस्थितिमा वडा अध्यक्ष संग जवाफ माग गरिएको छ ।
This will close in 20 seconds