2020-10-29

Close

जनकपुर धाम साउन २६ गते

प्रदेश २ सरकारले भोली सोमबार बकरिद र्पवको अवसरमा प्रदेश २ मा सार्वजनिक विदा दिएको छ । आईतबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली सोमबार साउन २७ गते बकरिदको अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।

प्रदेश २ सरकारले इस्लाम धर्मालबम्बीहरुको महान चाड ईद उल अजाह अर्थात बकरिदको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण इस्लाम धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस महान पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व इद उल अजाह हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर