धनुषामा : तस्कर द्वारा ढुङ्गामुढा , प्रहरीले चलाए गोली !

विपिन कुमार यादव , जनकपुरधाम : धनुषाको विदेह नगरपालिका २ दुहबीमा तस्कर र प्रहरबीच झडप भएको छ । भारततर्फ मरिच तस्करी गर्न लागेको थाहा पाएपछि नियन्त्रणमा लिन गएका प्रहरी र तस्करबीच झडप भएको हो ।

मरिच तस्कर स्थानीय भएका कारण स्थानीयले सहयोग गर्दा प्रहरी पछि हट्न बाध्य भएको हो । स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले १ राउण्ड हवाइ फायरसमेत गरेको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए । स्थानीयको ढुङ्गामुढाका कारण दुई जना प्रहरी सामान्य घाइते भएका एसपी बस्नेतले बताए । उनले भने, ‘तस्करीको समान बरामद हुन सकेन ।’

बिज्ञापन

स्थानीयका अनुसार तस्कर राजीव महासेठले तस्करी गर्न लागेको मरिच घरमै लुकाएका छन् । महासेठले मरिच भारततर्फ लग्न लागेकै बेला प्रहरीको टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरेपछि उनीहरु ब्याक भए ।      – थाहा खबर