2024-04-19

Close

जनकपुरधाम । मिथिला नगरपालिकाको नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार महेन्द्र महतोले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नगरको विकासका लागि आवश्यक हरेक क्षेत्रका विषयलाई समेटेर उम्मेदवार महतोले २९ बुन्दे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आय आर्जनका लागि आवश्यक कदम, शिक्षामा सुधार, गुणस्तरिय स्वास्थ्य लगायतका विषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।

प्रतिवद्धता पत्रमा आय स्रोतको पहिचान र राजश्वका स्रोतको रचनात्मक प्रयोग, उद्यम व्यवसाय मैत्री कर निर्धारण पद्धतिको अवलम्बन, रोजगारी सृजना, हरित उद्योग व्यवसायलाई करमा सहुलियत प्रदान गरिने, सार्वजनिक निजि साझेदारीमा लगानी आकर्षीत गर्ने निति अबलम्बन गरिने उल्लेख छ ।

त्यस्तै सबैलाई शिक्षा र सिपमुलक तालिमको अवसर, रोजगारीमा समानुपातीक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक र समावेशी सहितको विकास, सुशासन तथा लेखा समितिमार्फत वित्तिय अनुशासन कायम, विद्यालय शिक्षालाई शिक्षा ऐन नियम बमोजिम अझ प्रभावकारी र गुणस्तरीय बनाईने, स्नातक तह सम्मको पठनपाठनको व्यवस्थाका लागि पहल गर्ने, विद्यार्थी संख्याको अधारमा विद्यालयमा विषय गत शिक्षक उपलव्ध गराईने, परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने नगर भित्रका २ छात्र २ छात्रालाई प्रोत्साहन छात्रवृद्धीको व्यवस्था, स्थानीय तहको सम्पूर्ण बजेटको २०% बजेट शिक्षामा लगानी गर्ने, वैदेशीक रोजगारीमा जाने प्रत्येक युवाहरुको रु१०,०००,०० को निःशुल्क विमा,

मिथिला नगर अस्पतालमा अनिवार्य एमबीबीएस डाक्टरको दरवन्दी श्रृजना गरी स्वास्थ्य सेवालाई भरपर्दो सुलभ बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

ग्रामिण कृषि सडकलाई ५ बर्ष भित्र पुर्णरुपले पक्की बनाईने, खानेपानी सिचाई, इनार, वोरिङ्ग अवश्यकता अनुसार उचित व्यवस्था गरिने, अति विपन्न परिवारलाई निःशुल्क रुपमा उपचार, व्यवस्थीत सहरीकरण, सडक, ढलको निर्माण र मर्मत, सडक वस्तीको पुर्ण व्यवस्था गरिने, भ्रष्टाचार पुर्ण रुपमा निस्तेज पारिने, प्रकृतिक स्रोतको प्रयोग उतखन्नलाई पुर्ण रुपले मनव मैत्री, वतावरण मैत्री बनाई वैज्ञानिक रुपले परिचालन गरिने, कृषि मल, विउ विजनको सहज उपलब्धताका लागि नगरले जिम्मा लिने, भुमि सम्बंधी समस्या समाधान गर्न तत्काल पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

  1. त्यस्तै कृषी प्रयोजनका लागि सडक तथा विद्युतिकरणको व्यवस्था गरिने, पर्यटन प्रवद्धनका लागी विशेष योजना तयार गरिने, सहकारीको विकासलाई उच्च प्राथमिकतामा राखिने, आवश्कता अनुसार नगरका विभिन्न भागमा सार्वजनिक शौचालय निर्माण गर्न र सरसफाईलाई निरन्तरता प्रदान गरिने महतोले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds