2024-04-20

Close

गाउँपालिका प्रमुख ब्रम्हदेवको ब्रम्हलुट

बिकासको नाममा लाखौँ कुम्ल्याउँदै

जनकपुरधाम भदौ ११ : धनुषाको औरही गाउँपालिका प्रमुख ब्रम्हदेव यादवले विकास निर्माणको नाममा अनियमितता गर्ने गरेको रहस्य खुलेको छ । प्रमुख ब्रम्हदेवले कोटेशनमा गराउँदै आएको निर्माणको काम स्तरहिन भएको प्रमाण अपन जनकपुरले फेला पारेको छ ।

 

औरही २ परवाहा टोलमा कालिकान्त मिश्राको घर नजिक निर्माणाधिन अवस्थामा रहेको कल्भर्ट स्तरहिन देखिएको छ । पाँच लाख रुपैयाँ लागत तोकिएको यस कल्भर्टमा गुणस्तरहिन इट्टा प्रयोग भएको छ भने स्टीमेटमा कल्भर्टको उचाई ६ फिट हुनुपर्ने भनिएपनि ३ फिट मात्रै छ । त्यस्तै हिलोमा ढलान गरेको पाइएको छ ।

 

पर्वाह टोलकै कच्चि सडक मर्मतको नाममा पनि उनले पाँच लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । स्थानियका अनुसार उक्त कच्चि सडकमा उनले माटोको मात्रा बढि हालेका छन् ।

यो दुवै कामको उनले एक आफन्तको नाममा रहेको फर्मबाट निकासा लिएका छन् ।

 

बिजुलिवत्तीमा २४ लाख झ्वाम

गाउँपालिका प्रमुख ब्रम्हदेवले बिजुलीवत्ती खरिदमा पनि अनियमितता गरेको पाइएको छ । उनले दुई वर्ष ग्यारेन्टी भनेर ६ वटा वडामा लगाएको सिएफएल चिमको अघिल्लो आर्थिक वर्षमा १४ लाख र पछिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।

पालिका प्रमुख ब्रम्हदेवले गाउँपालिकाबाट कमाएको पैसाले औरही १ मा बजरंगी इट्टा उद्योग खोलेका छन् । हकिम नाम गरेको व्यक्तिको नाममा रहेको उक्त इट्टा भट्टामा प्रमुख ब्रम्हदेवको आधा शेयर रहेको पाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds