‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग गर्दै मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन !

राजविराज – राष्ट्रिय एकता अभियानले ‘मदरसा शिक्षा विधेयक’ फिर्ताको माग गर्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वको टोलीले सप्तरीको सदरमुकाम राजविराजमा विधेयकको विरोभा प्रदर्शनसहित मुख्यमन्त्री राउतको पुतला दहन गरेको हो ।

बिज्ञापन

अभियानले राजविराजमाको बजार हुँदै निकालेको र्‍याली सहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा उनीहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’, ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् । उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

  1. त्यस्तै अभियानका सप्तरी जिल्ला संयोजक शास्त्रीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए । विरोध कार्यक्रममा अभियानका अभियन्ता बिन्दु ठाकुर, सुनिल यादव, दीपेश जोशी लगायतको उपस्थित रहेको थियो ।