2024-05-03

Close

विपिन यादव
जनकपुरधाम । प्रहरी चौकी गिद्वा तिनकौरियामा हालै सरुवा भएर आएका प्रहरी वरिष्ठ नायव निरीक्षक कुवेर खतिवडाले जनताको शान्ति सुरक्षाका लागि २४ सैं घण्टा खट्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यालयमै आज स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक खतिवडाले शान्ति सुरक्षा कायम गर्न जसरी खटिनुपर्ने हो, त्यसरी खट्ने (काम गर्ने) प्रतिवद्धता जनाएका हुन् । उनले यस क्षेत्रका जनतालाई भयमुक्त हुन समेत आग्रह गरे ।

प्रहरी वरिष्ठ नायव निरीक्षक खतिवडाले हातेमालो गरेर कुप्रथा हटाउनेदेखि लिएर समाजमा देखिने अनेक विकृतिहरु विरुद्ध अगाडी बढ्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुसँग आग्रह गरे । उनले मिलेर काम गर्दा शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गरे ।

परिचयात्मक कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि, व्यापारी र समाजसेवीहरुले अपराध न्युनिकरणका लागि कसैको प्रलोभनमा परेर काम नगर्न सुझाएका थिए । उनीहरुले अवैध खुल्ला मदिराको कारोबार रोक्न समेत सुझाव दिए । यस्तै कानुनको उल्लंघन नगरी जनताको भावना अनुसार काम गर्न समेत उनीहरुले आग्रह गरे ।

कार्यक्रममा वडा अध्यक्ष राधेश्याम गोईत, वडा अध्यक्ष शम्भु साह, पूर्व वडा अध्यक्ष विजय गोईत, वडा अध्यक्ष जयराम मण्डल, विभिन्न वडाका सदस्यहरु, समाजसेवी रामलाल दास, दुखी मण्डल, बेचन मण्डल, विभिन्न राजनीतिक दल, स्थानिय, ब्यपारीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds