2024-04-26

Close

जनकपुरधाम । न्युरो सम्बन्धी क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमाको जनकपुरधाममै सफल शल्यक्रीया गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल एण्ड रिसर्च सेन्टरले दुर्घटनाका एक घाइतेको सो सफल शाल्यक्रिया गरेको हो । महोत्तरी जिल्ला बलवा नगरपालिका १० परौल थानका २२ वर्षिय अनितेश यादवको क्रानियोटोमी एण्ड इभाक्यूसन अफ हेमाटोमा सम्बन्धी सफल शल्यक्रिया गरिएको हो ।

हस्पीटलका न्यूरो सर्जन स्पेलिस्ट डा. विजय कुमार नेतृत्वको चिकित्सक टोलीले गत साउन २ गतेका दिन क्रिटिकल अवस्थामा रहेका अनितेशको क्रानियोटोमीको सफल शल्यक्रिया गरेर ज्यान जोगाउन सफल भएका हुन । डा. राउतले दुर्घटना पश्चात जनकपुरधामकै एक स्थानीय अस्पतालले कयौं दिन भर्ना गरेर रोकेर राखेको सो बिरामीको अवस्था अन्तिम अवस्थामा पुगेपछि रेफर भएर आफुहरुको सम्पर्कमा आएको बताए । ‘जुन अवस्थामा बिरामीलाई यहाँ ल्याइयो, विराटनगर वा काठमाडौ लगेको भए बाच्न सक्ने अवस्था थिएन’ उनले भने ।

समयमै यहाँ ल्याइएपछि हामीले विरामीको ज्यान जोगाउन सफल भएको चिकित्सक कुमारले बताए । बिरामीका बुवा परशुराम यादवले जनकपुरधामका एक अस्पतालले इलाज हुन्छ भन्दै हप्ता दिनसम्म राखेर लाखौ रुपैया खर्च गराएको र अन्त्यमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि यहाँ सम्भव हुदैन भन्दै रेफर गरेको बताए । हतोत्साहित भएर विराटनगर तिर लग्न खोजेको तर एक एम्बुलेन्स चालकको सुझावमा यस हस्पीटलमा ल्याएपछि उपचार भएकोमा उनीहरुले खुसी व्यत्त गरेका छन् ।

जनकपुरधाम स्थित जनकपुर न्यूरो हस्पीटल मात्र न्यूरो सम्बन्धी उपचार हुने पहिलो हस्पीटल रहेको दावी गरिएको छ । अस्पतालमा शरीरका विभिन्न भागका प्लास्टिक एवं कस्टेमिक सर्जरी लगायत अन्य सर्जन तथा रोगहरुका उपचार सेवा समेत उपलब्ध रहेको बताइन्छ । नेपालमा प्लास्टिक एवं कस्टेमिक सर्जरीको व्यवस्था काठमाडौपछि जनकपुरधामकै न्यूरो अस्पतालमा रहेको समेत दाबी डा. राउतले गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds