आज विवाहपञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक विदा

जनकपुरधाम : सीता-राम विवाह पञ्चमीको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । आज प्रदेशभरका सरकारी तथा नीजि कार्यालयहरु, शैक्षिक संस्था लगायत बन्द रहनेछ ।

सरकारी बैंकहरु समेत बन्द रहनेछ । तर केहि नीजि बैंकहरुले प्रदेशले दिएको सार्वजनिक विदा नमान्ने बुझिएको छ । यसअघि पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको दिन धेरै नीजि बैंकहरुले सेवा प्रवाह गरेका थिए ।

बिज्ञापन

आज जनकपुरमा विवाह पञ्चमीको रौनक र रमझम छ । नेपाल र भारतबाट लाखौं श्रद्धालु आएपछि जनकपुरधाममा जताततै भीडभाड देखिएको छ । साताव्यापी विवाह पञ्चमी अन्तर्गत आज रंगभुमी मैदानमा सीता- रामको स्वयंम्वर र जानकी मन्दिरमा विवाह समारोह आयोजना गरिएको छ ।

कोरोना महामारी फैलिन नदिन विवाह पञ्चमीमा सहभागीले अनिवार्य मास्क लगाउन प्रशासनले अपिल गरेको छ । साथै भीडभाडमा हुने चोरी रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।