2024-05-05

Close

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले करारका कर्मचारीहरुलाई हाजिर हुनबाट रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएका छन्। साउन १ गतेदेखि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालमा कार्यरत १ सय ३२ करार कर्मचारीलाई प्रतिष्ठानले हटाउने निर्णय गरेपछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।

प्रतिष्ठानले पूराना कर्मचारीहरुलाई हटाएर आर्थिक चलखेल गर्नका लागि सोही संख्यामा नयाँ कर्मचारीको भर्ना आह्वान गरेको भन्दै आइतबार उनीहरूले प्रादेशिक अस्पतालको मूल गेटमा बिरोध प्रदर्शन गर्दै नाराबाजी समेत गरेका थिए।

आफूहरूलाई कुनै जानकारी नगराई बिनाकारण हटाएर अन्याय गरेको भन्दै नियमित म्याद थप गराउन करारका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्। हटाइएको करारका कर्मचारीहरुले अस्पताल प्रशासनले गरेको निर्णयमा आपत्ति जनाउँदै अस्पतालमाको मूल गेटमा प्रदर्शन गरेका हुन्।

निकालिएको कर्मचारीलेहरुको अस्पताल प्रशासनले म्याद थप नगरे कडा आन्दोलनमा जाने कर्मचारी संघर्ष समितिले जनाएका छन्। ‘हामीले विगत ८ दिनदेखि आन्दोलनमा छौं, तर अस्पतालले अहिलेसम्म हाम्रो आन्दोलनको सम्बन्धमा सोधपुछ गर्न न आएको कर्मचारी संघर्ष समितिका संयोजक धिरज यादवले बताए। उनले भने, ‘हाम्रो माग बारे मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्रमार्फत अवगत गराएका छौं, तर कुनै निकायले हाम्रो माग प्रति गम्भीरता देखाएको छैन, एकदुई दिनमा हाम्रो माग सम्बोधन नभए अनशन बस्ने तयारीमा छौ।’

नियमित म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन्। प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभएसम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो। सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिरी तथा कामकाज नगर्न नगराउन भन्दै प्रतिष्ठानले एक सूचनामार्फत जानकारी गराएको थियो।

कर्मचारीलाई कुनै जानकारी नगराए केही छलफल नै नगरी बिनाकारण हटाएर उपकुलपति डाक्टर रामकेवल साह र रजिस्टार बिनोद यादवले भर्ना हुने नयाँ कर्मचारीसँग पैसा उठाउने उदेश्यले आफूहरूलाई हटाइएको यादवले आरोप लगाएका छन्। उनले भने, ‘हामीले काम गरेका छैनौं की हामीले बसेको पदका लागि सक्षम छैनौं, त्यसको लागि पहिला स्पष्टीकरण सोधेभए हुन्थ्यो,हाम्रो कामबाट चित्त नबुझेको अवस्थामा हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि सोही संख्यामा कर्मचारी भर्नाको लागि आह्वान गर्ने यसबाट अस्पताल प्रशासनको नियतमाथि प्रष्ट उठेको हो।’

‘अहिले अस्पतालमा जम्मा ४ सय करारका कर्मचारी छन्। जसमध्ये १ सय ३२ जनालाई मात्रै किन हटाउने निर्णय गरेको हो? हटाउनु नै थियो भने सबै करारका कर्मचारीलाई हटाए हुन्थ्यो। हामी पनि चित्त बुझाउँथे। करार कर्मचारीको ठाउँमा लोकसेवाबाट पदपूर्ति गरोस्’ उनले भने, ‘अस्पतालको दोहोरो चरित्र देखिएको छ। एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ। अर्को तर्फ सोही दिन सोही संख्यामा सोही पदका कर्मचारी माग गरेका छन्। हटाउनु नै छ भने फेरि कर्मचारी भर्नाको सूचना किन निकाल्नु पर्‍यो यसबाट प्रष्ट हुन्छ की उनीहरू आर्थिक चलखेल गर्न यो सब गरेको हो? कोरोनाकालमा हामीहरुले ज्यान जोखिम राखेर बिना तलब बिरामीहरुलाई सेवा गरेका थियौं’,

आन्दोलनरत अर्का कर्मचारी प्रमोद यादव बताउँछन्। छ महिना बिना तलब काम गरेपछि तत्कालीन मेसू प्रमोद यादवले हामीहरुको पिडा बुझेर तलब दिन सुरु गरेको थियो, उनले भने, ‘प्रादेशिक अस्पताल मधेस स्वास्थ विज्ञान प्रतिष्ठानको मातहतमा गएपछि प्रादेशिक अस्पतालका कर्मचारीहरुलाई हटाएर समाजिक विकास मन्त्री नवल किशोर साह,प्रतिष्ठानका उपकुलपति डाक्टर राम केवल साह र राजिष्टार बिनोद यादवको मिलोमतोमा पुरानालाई हटाउने र पैसा लिएर नयाँ कर्मचारी भर्ना गर्न खोजेको आरोप लगाएका छन्।’

अस्पताल प्रशासन प्रमुख डा। कृष्ण देव दासले असार ३१ गते एक सूचना प्रकाशित गरी करारमा रहेका १३२ कर्मचारीहरुलाई हटाइएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds