2024-04-22

Close

जनकपुरधाम । जनमत पार्टीले कारबाही गरेका शिवचन्द्र कुशवाहा सप्तरी पुगेर जनजागरण अभियान सुरु गरेका छन् ।

माओवादी छाडेर कुशवाहा गत वैशाखमा भएको उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरेर बारा २ बाट लडेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवबाट पराजित उनलाई गत साउन ३ मा जनमत पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्‍यो ।

जनमतबाट निकालिएको एक महिना नबित्दै कुशवाहा जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतकै निर्वाचन क्षेत्रमा पुगेर जनजागरण अभियान सुरु गरेका हुन् ।

मधेशी पत्रकार समाजको समन्वयमा राजविराजमा कुशवाहाले पत्रकार सम्मेलन गरी जनजागरण अभियानको शुभारम्भ गरे ।

उनले भने, ‘जनताको म्यान्डेड बुझ्न जनजागरण अभियान यहाँबाट सुरु गरेका छौँ ।’ अभियान ३ महिना चल्ने र मधेशका सबै जिल्ला पुग्ने उनले बताए ।

पूर्वमन्त्री समेत रहेका कुशवाहाले सीके राउतले आफूसँग गरेको वाचा पुरा नगरेको र सो विषयमा नै असन्तुष्टि राख्दा कारबाही गरेको बताए । उनले पार्टीमा आएर चुनाव लड्दा पद र निर्वाचनमा आर्थिक सहयोग पनि गर्ने प्रतिबद्धता सीके राउतले जनाए पनि पूरा नगरेको खुलाए ।

‘प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिनुभयो,’ कुसवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव छैन जसका कारण मलाई पराजितसम्म हुनुपर्यो ।’

राजनीति ज्ञान नहुँदा निर्वाचन क्षेत्रमा बाहिरका धेरै व्यक्ति बोलाएर संगठन बनाउने काम मात्रै सीके राउतले गरेको नेता कुशवाहाको आरोप छ । नयाँ पार्टी गठन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘अहिले त्यसबारे सोचेको छैन । तर अभियानका क्रममा जनताको म्यान्डेड बुझेपछि त्यो पनि हुनसक्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds