2024-12-04

Close

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनबिविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेर अनुसन्धान भइसकेको पाइएको छ । जबकी उनको कार्यकाल सकिन ६ महिना मात्रै बाँकी छ ।

२०८२ वैशाख ९ गतेसम्म मात्रै सीईओ पदमा रहन योग्य शेरचन कार्यकाल लम्ब्याउन  उच्च अदालतको फैसलाविरूद्द सर्वोच्च अदालत पुगेपछि एआईजी टेकप्रसाद राईको नेतृत्वमा गठन भएको छानविन समितिले गम्भिर आर्थिक अपराधमा संलग्न रहेको उल्लेख गरेको छ ।

गत भदौ ५ गते आईजीपी बसन्त कुँवरको तोक आदेशबाट दर्ता नम्वर ७२७  रहेको उजुरीमा सीईओ शेरचनले सीआईबीका केही अधिकारीसँग मिलेर प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपानेलाई फसाएको उल्लेख गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘शेरचनले बैंकका उच्च पदस्थ कर्मचारीलाई विभिन्न बहानामा आलोचित बनाउने र उक्त पदमा आफ्नो आफु निकट महिला कर्मचारी सीओओ रश्मी पन्तलाई अवैधानिक तरिकाले वढुवा गर्दै नेतृत्वमा पुर्याउने गरेको तथ्यको समेत नेपाल राष्ट्र बैंकले वेवास्ता गरेको छ । जबकी पन्तको योग्यता र काम गरेको कार्यकाल अनुसार उनको सीओओ बन्ने  हैसियत नै होइन ।

यसबाट बैंकमा वर्षीदेखि काम गरिरहेका थुप्रै कर्मचारीको मनोवल गिरेको छ । बैंकका सीईओ अशोक शेरचनले सिनियर डेपुटी न्यौपानेलाई कर्जा अपचनको केश लगाएर थुन्ने, अर्का डेपुटी मनिराम पोखरेललाई विभिन्न मिडिया प्रयोग गरि अफवाह फैलाउँदै भीआरएस लिन बाध्य बनाउने र दुवै डेपुटी हटाएर उक्त स्थानमा सीओओ रश्मी पन्तको वढुवा गरि आफ्नो कार्यकाल सकिएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउने तयारी गरिरहेका छन् ।’

प्रहरी स्रोतका अनुसार एआईजी टेकप्रसाद राईको नेतृत्वमा गठन भएको छानविन समितिको उक्त प्रतिवेदन कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाइएको र चाडै नै कारवाही प्रक्रिया अगाडि बढ्ने वताइएको छ ।

000
प्रभु बैंकमा सीईओका रुपमा रहेर आफन्तका नाममा अर्बौं ऋण अपचलनको आरोप लागेका शेरचनले सीईओ भएर कार्यभार सम्हालेपछि उनले आफन्तका नाममा मनलाग्दी कर्जा बाँडेका थिए । विवादमा मुछिइरहने तर विवादलाई सामसुम पार्न माहिर शेरचनको धन्दालाई यतिखेर सञ्चारमाध्यमले बाहिर ल्याउन छाडेपनि प्रहरी अनुसन्धानपछि उनी हच्किएका छन् ।

बैंकको नेतृत्वमा रहेर शेरचन र उनको समूहले दर्जनभन्दा बढी बैंकिङ अपराध गरेको तथ्य उजागर भइसकेको छ । आफुखुशी बैंक नै धराशायी पर्ने गरी जथाभावी कर्जा प्रवाह गरेर बैंक एकलौटी बनाएका शेरचन अहिले राजनीतिक नेतृत्वको शरणमा पुगेको बताइन्छ ।

बैंकको पदीय जिम्मेवारी सम्हालिरहेका शेरचनले आफ्नै हात जगन्नाथ गर्दै स्वार्थ समूह र आफन्तलाई सर्वसाधारणले जम्मा गरेको निक्षेप कनिका छरे जसरी मनलाग्दी छरेको बैककै कर्मचारीहरुको गुनासो थियो ।

शेरचन र उनको समूहले शेरचनले आफ्ना ससुरा हरिकृष्ण भट्टचन प्रमुख सञ्चालक रहेको रामजानकी हेल्थ फाउण्डेसनद्वारा सञ्चालित डुबेको जानकी मेडिकल कलेजलाई प्रवाह गरेको २ अर्ब ५० करोड ऋण जोखिममा परेपछि बैंकभित्रैबाट विरोध भइरहेको छ, थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर