अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको एक विद्यालयमा ताला फोडेर चोरी गरेको छ ।
जिल्लाको औरही गाउँपालिका-२ परवाहास्थित श्री उच्च माध्यमिक विद्यालयको कार्यालयबाट ताला फोडेर विद्यालयका सामानहरु चोरी गरिएको हो ।
विद्यालयको कार्यालयको मेन गेटको ताला तोडेर प्रिन्टर, मोनिटर, सिसिटिभी क्यामेरा, कम्प्यूटर, शैक्षिक सामग्री, स्मार्ट बोर्ड, किबोर्डलगायतका सामान चोरी गरिएको प्रहरीले जनाएको छ ।
विद्यालयको ताला फोडेर चोरी गर्नेको पहिचान भएको छैन । चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।