2024-04-25

Close

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको बेला गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज पनि नरहेको पत्र पठाएको छ । शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मागेको थियो ।

गृहमन्त्रालयले समितिलाई पत्र पठाएर सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा धेरै नरहने जवाफ दिएको हो । छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मागेको थियो ।

यसभन्दा पहिले पनि अर्थमन्त्रालयले आफ्नो मन्त्रालयमा सीसीटीभी फुटेज १३ दिनभन्दा धेरै नरहने बताएको थियो । समितिले फरेन्सिक ल्याबमा पठाएपछि फुटेज रिकभर भएको थियो ।

समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडिओसहितको रिपोर्ट आइसकेको छ ।
जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे नचिनिएको बताइएको छ । रिकभर फुटेजमा एक सेकेण्ड जति झिलिक्क त्यसपछि पूरै खाली आउँछ । पुन : झिलिक्क देखिन्छ त्यसपछि फेरि खाली भएको पाइएको छ।समितिले आज साँझ फरेन्सिक ल्याबका विज्ञसँग यस विषयमा छलफल गर्दैछ ।

रिकभर फुटेजमा प्रष्ट नभएपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज केही सघाउने अपेक्षा समितिले राखेको थियो । तर, गृहले फुटेज नरहने भनेर जवाफ पठाएपछि प्रकरण झनै रहस्यमय बनिरहेको छ ।

सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
कार्यविधिको सार्वजनिक प्रयोगसम्बन्धी बुँदा नम्बर ५ मा सीसीटीभीबाट खिचिएका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने उल्लेख छ । तर, सिंहदरबारले नै सीसीटीभी जडान तथा सञ्चालन कार्यविधको पालना नगरेको पाइएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds