2024-04-26

Close

सप्तरी । सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित कार्यालयको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रूपमा शुभारम्भ गरे ।

कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठस्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिएका थिए ।

प्रदेश सरकारले गत फागुन २४ गते यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा स्थापना गर्ने निर्णय गरेको थियो । सेवा कार्यालयका प्रमुख शशि यादवले यातायातसम्बन्धी कामका लागि सप्तरीका सेवाग्राहीलाई सिरहाको लहान जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिए ।

उहाँका अनुसार हाललाई कार्यालयबाट सवारीधनी प्रमाण र सवारीचालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।
हाल मधेस प्रदेशमा पर्साको वीरगञ्ज, सिरहाको लहान, धनुषाको जनकपुरधाममा यातायात व्यवस्था कार्यालय रहेको छ भने रौतहट, बर्दिबासमा सो सेवा कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds