2020-10-30

Close

अप्पन समाचार जनकपुरधाम,१३ माघ । साउदी अरबमा हत्या आरोपमा मृत्युदण्ड पाएका उमेश यादव आज घर फर्किदै छन् । केहि दिन अगाडी नै काठमाण्डौं आइपुगेका उमेश आज धनुषाको कमला नगरपालिका ३ माची (घर) फर्किन लागेका हुन् ।

काठमाण्डौंबाट विहान साढे १० बजेको फ्लाइटबाट उमेश जनकपुर आउन लागेको उनलाई मृत्युदण्डबाट जोगाएका सामाजिक अभियंता सरोज राईले जानकारी दिए । उनका अनुसार उमेश आजै जन्मभुमि पुगेर आमा-बुवालाई भेट गर्नेछन् ।

उमेश केहिदिन घर बस्ने र पछि साउदीमै मृत्युदण्ड पर्खेर जेलजीवन विताइरहेका ५ नेपालीलाई अभियंता रायको सहयोगमा माफीका लागि पहल गर्ने छन् । साउदीबाट मृत्युदण्ड पाएकाहरुलाई फर्काउने अभियान चलाउने उमेश र अभियंता रायले बताएका छन् ।

उमेश आइतबार परराष्ट्र मंत्री प्रदिप ज्ञवालीलाई भेटेका थिए । सो भेटमा मंत्री ज्ञवालीले सहयोग गर्ने आश्वासन दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर