2024-04-24

Close

प्रदेश २ स्थित जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए ।
“पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति आवास्यक भए टेलीफोनमा प्रतिक्रिया लिओस्” उनले भने -यहाँ समाचारको खेती कम र ब्यार्गेनिङ्ग, ब्ल्याकमेलिङ्ग, गुण्डागर्दी, धज्या उडाउने धम्की बढी हुने गरेको छ ।
अप्पन जनकपुरसँगको कुराकानीमा उनलेे भने- “९५% पत्रकारले पत्रकारिता नै गर्छन् तर केहि पत्रकारले ठूला मिडियाका नाममा आतंक मच्चाएका छन् ।” उनले भने -“हामीले मिडियासँग सोधेर कुनै काम गर्नुपर्ने होईन, आफ्नो निति नियममा बसेर काम गर्ने हो । त्यसमा कुनै प्रतिक्रिया भए नियमसंगत आओस् हामी जवाफ दिन्छौं तर ठेकेदारी प्रथाको हामी विरोधी हौं ।
“यहाँ त ठुला मिडियामा काम गर्छु भन्दै ठेकेदारी पो देखाउछ्न, पत्रकार भन्दैमा सबै कुरा छुट छ र ? जति बेला मन लाग्यो त्यतीबेला कसैको कार्यकक्षमा गई हुलदुगा गर्न पाईन्छ ?” प्रती प्रश्न गर्दै उनले भने – “पत्रकारिताको हामी सम्मान गर्छौं तर पत्रकारिताको आवरणमा हुने ठेकेदारीप्रथाको हामी विरोध गर्छौं, यस्तालाई एक्सपोज गर्छौं, सामना गर्छौं, यस्तासँग डराउने होइन ।”
कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको खबर हावादारी भएको र योजनाबद्ध समाचार भएको उनले बताए ।
नेपाल पत्रकार महासंघका जिल्ला सभापति अनिल मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds