जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकाका जनप्रतिनिधिहरुलाई विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ।
भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालको आयोजनामा धनौजी गाँउपालिकाको कार्यालयस्थित सभा हलमा शनिवार सुरु भएको कार्यक्रम शनिवार बेलुका सकिएको छ।
तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने ? भन्ने बारेमा तालिम प्रदान गरिएको मुख्य प्रशिक्षक ई. सितेश यादवले बताउनुभयो।
उक्त तालिममा धनौजी गाँउपालिका अध्यक्ष राजकुमार साह, वडा अध्यक्षहरु, वडा सदस्यहरु, सुरक्षाकर्मी, समाजसेवी अभियन्ता लगाइतका सहभागितामा यो तालिम प्रदान गरिएको हो।