2024-05-18

Close

जनकपुरधाम । सिरहाको औरही गाउपालिका‌ २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।

ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए । उनका अनुसार ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका-भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds